Kath Khabar
रवि लामिछानेकाे स्वास्थ्यमा देखियाे भिटामिन 'डी'को कमी

                            काठमाडौं, भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई भिटामिन डीको कमी भएकाे पाइएको छ । हालैको स्वास्थ्य परीक्षण अनुसार उनलाई भिटामिन डीको कमी भएको पत्ता लागेको छ ।

उनलाई जन्डिस भएको आशंकामा रगत परीक्षण गरिएको हो । वरिष्ठ चिकित्सक डा. जितेन्द्र प्रसाद यादवले रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारणले समस्या उत्पन्न भएको बताए । डा यादव लामिछानेलाई स्वास्थ्य परामर्श दिन नख्खु कारागार पुगेको प्रवक्ता झाले बताए ।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लामिछानेलाई  भेट्न कारागार पुगेपछि उनले स्वास्थ्य ठिक नदेखिएको भन्दै  स्वास्थ्य जाँचको माग गरेका थिए ।  लामिछानेलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update