काठमाडौं, भदौ ७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास मा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु-भागमा साधारणतया बदली र बाँकी भु-भागमा आंशिक बदली रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भु-भाग साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हिजो राती ११ बजेसम्म बाग्मती प्रदेशका यी मौसमी केद्रहरु ढुंङगेमा (८६ मी.मी), धापमा (८२.२ मी.मी), गुमथाङमा ( ७५.६ मी.मी), मेलम्ची घ्याङ(५८.६ मी.मी), सुन्दरीजल( ७३.२ मी.मी) र ककनि (५५ मी.मी) वर्षा भएको छ ।