Kath Khabar
बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

                     काठमाडौं, भदौ ८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास (Near Normal position) मा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राती मधेश प्रदेश, कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भु-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update