Kath Khabar
कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षा, यि प्रदेशमा छ हावाहुरीको सम्भावना

                    काठमाडौं, भदौ ९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू -भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update