Kath Khabar
चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ

                       काठमाडौं, भदौ १३ ।  चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-२ व्यासी बस्ने ५४ वर्षीया चन्चला भन्ने चेतना वैधलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत भक्तपुरबाट २०८१ माघ ९ गतेको फैसलाले उक्त मुद्दामा ४ महिना कैद र २० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-९ लिवालीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update