Kath Khabar
रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

                                           काठमाडौं, भदौ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

आज जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि २० हजार धरौटीमा छाड्न आदेश दिएको हो । एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत मार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका थिए । ति महिलाले आफ्नो चरित्रमा प्रश्न उठाउँदै म्यासेज गरेको भन्दै साउन १२ गते साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । 

उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो । 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update