Kath Khabar
शिक्षा विधेयकको विरोधमा निजी विद्यालयहरुको बस र्याली

                           काठमाडौं, भदौ १६ । सरकारले ल्याएको प्रस्तावित शिक्षा विधेयक प्रति असन्तुष्टि राख्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सनले) स्कुल बस र्‍याली निकालेका छन् ।

 प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले विधेयकमा रहेका कतिपय नीतिकाविरुद्ध स्कुलका बसमा कालोझण्डा र ब्यानर सहित काठमाडौंको चक्रपथ सडकमा बस र्‍याली निकालेका हुन् । निजी तथा आवासीय विद्यालयलाई गैरनाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै उनीहरू आन्दोलित बनेका हुन् ।  

छात्रवृत्ति दिँदा विद्यालयहरूमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा जस्ता सुविधा दिनुपर्ने नीति खारेज गनुपर्ने, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने उनीहरुको माग छ ।  

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update