नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयपछि मेटाले माग्यो कम्पनी दर्ताका लागि कागजातहरूको विवरण
                        
                        
                                                
                                            
                                                                    काठमाडौं, भदौ १९ । नेपालमा फेसबुक लगायत दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द हुने भएपछि फेसबुकको मूल कम्पनी मेटाले नेपालमा कम्पनीको रूपमा दर्ता गर्न आवश्यक पर्ने कागजातहरूको विवरण मागेको छ।
मन्त्रालयका एक अधिकारीका अनुसार मेटाका प्रतिनिधिहरूले बिहीबार दिउँसो मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई सूचीको लागि अनुरोध गर्दै इमेल गरेर कागजातको विवरण माग गरेका हुन् । यद्यपि, मेटा सरकारी अधिकारीमार्फत भने सम्पर्कमा आएको होइन । निवेदन आएपछि मात्रै त्यसलाई आधिकारिक मान्नुपर्ने बताइएको छ ।
सरकारले सूचीकृत नभएका २६ वटा सञ्जालहरू चलाउन रोक लगाउदै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई पत्राचार गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १९:५५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
