Kath Khabar
लुम्बिनी र सुदुरपश्चिम लगायत केहि स्थानमा मध्यम वर्षाको सम्भावना

                            काठमाडौं, भदौ २० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update