Kath Khabar
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

                    काठमाडौं, भदौ २० । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णयगरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । 

त्रिपाठीले निवेदनमा सरकारको कदमले नेपालको संविधानले ग्यारेन्टी गरेको स्वतन्त्रता विशेष गरी विचार, अभिव्यक्ति र सञ्चार स्वतन्त्रताको अधिकारको उल्लङ्घन गर्ने तर्क गरिएको छ । सरकारको बिहिबार नेपालमा आधिकारिक रूपमा दर्ता नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउन आदेश दिएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update