मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर, यि स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, भदौ २१ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२ ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय