Kath Khabar
सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पु्र्वी भु-भागमा पर्ने, यि प्रदेशमा मध्यम तथा भारी वर्षा

                       काठमाडौं, भदौ २२ । हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपाको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पु्र्वी भु-भागमा पर्ने देखिन्छ।

आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गणडकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराइका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update