शेर बहादुर देउवाको पोष्टमा बालेनको कमेन्ट - "याे पोष्ट कुन भिपएनबाट हाे ?"
काठमाडौं, भदौ २२ । काठमाडौं महानगरका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको फेसबुक पोष्टमा व्यंग्यात्मक कमेन्ट गरेका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापना दिवसको अवसरमा सभापति देउवाले कार्यक्रमलाई सम्वोधन गरेको विषय फेसबुकमा पोस्ट गरेका थिए । उक्त पोस्टमा मेयर बालेनले व्यंग्यात्मक कमेन्ट गरेका छन् ।
उनले लेखेका छन् -
यो Post कुन vpn बाट हो ,नेपाली हो कि बिदेशी । सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२ ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय