जेनजी पुस्ताले आज सडक प्रदर्शन गर्दै, यस्तो छ तालिका
काठमाडौं, भदौ २३ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरुद्धमा आजदेखि माइतीघरमा जेनजीको प्रदर्शन हुँदैछ ।
स्थानीय प्रशासनबाट अनुमति पाइसकेका जेन जीका युवाहरुको बैठकले तयार पारेको तालिका अनुसार आज बिहान ९ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।
तालिका अनुसार माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्नेछन् । २८ वर्षभन्दा कम उमेरका युवाहरु सहभागी हुने आन्दोलनमा आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ, आन्दोलनमा कसैले पनि सम्बोधन भने गर्ने छैनन् ।
नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ ०८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय