काठमाडौं, भदौ २२ । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । आज मध्यान्ह १२ः३० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी भएको छ ।
यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ ।
कर्फ्यु लाग्ने क्षेत्रहरु :
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म
बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म
बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म
बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म
जेनजी प्रदर्शनमा झडप भएपछि प्रहरीद्वारा पानीको फोहोरा र लाठीचार्ज र अश्रु ग्यास प्रहार भएको थियो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली पनि चलाएको छ ।