Kath Khabar
जेनजी प्रदर्शन : काठमाडौं मेडिकल कलेजमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६  पुग्यो

                  काठमाडौं, भदौ २२ । जेनजी प्रदर्शनका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ । यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको छ । यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जेनजीको आन्दोलनमा घाइते भएकाहरुको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ । सबैभन्दा धेरै बानेश्वरकै सिभिल अस्पतालमा भइरहेको छ त्यहा ठाउँ नपुगेपछि अन्त रिफर गर्न थालिएको छो ।  

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो । तर कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update