Kath Khabar
जेनजी प्रदर्शन : सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्याे

                           काठमाडौं, भदौ २२ । जेनजी प्रदर्शनका क्रममा सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जसअन्तर्गत ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । अस्पतालमा घाइतेहरूको संख्या निरन्तर बढिरहेकोले  मृतक र गम्भीर घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

विरोध प्रदर्शनका क्रममा केही सुरक्षाकर्मी पनि घाइते भएको बताइएको छ । बानेश्वरमा भएको प्रदर्शन अनियन्त्रित बनेको छ । प्रत्यक्षदर्शीहरुले धेरै युवाहरु ढलेको बताएका छन् । 

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update