जेनजी प्रदर्शन : इटहरीमा प्रहरीको गोली लागेर घाइते भएका २ जनाको मृत्यु
                        
                        
                                                
                                            विराटनगर, भदौ २२ । सुनसरीको इटहरीमा जेनजीहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २ जनाको मृत्यु भएको छ ।
जेनजी समूहका युवाहरू इटहरी नगरपालिका भित्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो । झडपपछि केही बेर तितरबितर बनाउन प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए । उनीहरूमध्ये २ जनाको मृत्यु भएको छ । १ जनाको उपचार जारी छ।
अवस्था नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले यी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १९:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
