Kath Khabar
काठमाडौंको चक्रपथ क्षेत्रभित्र भित्र बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू

                          काठमाडौं, भदौ  २४ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र बिहानैदेखि कर्फ्यु लगाएको छ ।  आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो ।

काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कफ्र्यू आदेश जारी गरिएको हो ।

कफ्र्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।

हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कफ्र्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु लगाइएको हो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update