Kath Khabar
संसद भवन अगाडि बिहानैदेखि युवाहरूको प्रदर्शन सुरू

                  काठमाडौं, भदौ २४ । कफ्र्यूको अवज्ञा गर्दै नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् ।

सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार पनि युवाहरूले संसद भवन अगाडि भेला भएर नाराबाजी सुरू गरेका हुन् ।

यसैगरी ललितपुरको चापागाउँ, काठमाडौंको जोरपाटी लगायतका क्षेत्रहरुमा पनि युवाहरु भेला भएर नाराबाजी गरिरहेका छन् । सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि युवाहरुले आज मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरकले बिहानदेखि कफ्र्यू आदेश जारी गरिसकेका छन् । जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक, शान्तिपूर्ण र निरन्तर रहने विज्ञप्तिमा भनेको छ । सोमबार प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा जेनजी नेपाललेआज श्रद्धाञ्जली सभा आयोजना गर्दैछ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update