देउवा निवासमा प्रदर्शनकारीको आगजनी, रमेश लेखकको घर पनि जलाए
सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको घर र अर्थमन्त्री विष्णु पौडेलको घरमा तोडफोड
काठमाडौं, भदौ २४ । जेनजी प्रदर्शनको दोस्रो दिन आज प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले मुख्य गेट तोडेर घर भित्र प्रवेश गरी आगो लगाइदिएका हुन् ।
यस्तै सोमबार गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको नैकापस्थित घरमा पनि प्रदर्शनकारीले तोडफोड गर्नुका साथै आगजनी गरिएको छ ।
प्रदर्शनकारीहरुले आज सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित घरमा आगजनी गरेका छन् । त्यस्तै अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।
काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरूमा पनि प्रदर्शनकारी नेता र मन्त्रीका घरमा ढुंगा प्रहार र आगजनिमा उत्रिएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय