Kath Khabar
बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी, प्रहरीले गोली चलाउदा एक घाइते

                   काठमाडौं, भदौ  २४ ।  प्रधाननमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको  छ ।

प्रत्यक्षदर्शीका अनुसार तोडफोड गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । ओलीको झापास्थित घरमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेको खबर आएको छ । 

यस्तै, बानियाँटार स्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर पनि तोडफोड र आगजनी भएको छ ।

जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई निशाना बनाइरहेका छन् । सरकारले अधिकांश मुख्य शहरहरूमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरूले त्यसको बेवास्ता गर्दै सडकमा उत्रिएका छन् । उनीहरूमाथि गरिएको गोली प्रहारको विरोधमा आगजनी र तोडफोडका घटनाहरू बढेका छन् ।
 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update