Kath Khabar
भाटभटेनी सुपरमार्केटका कर्मचारीहरु कसैले पनि रोजगार नगुमाउने

                      काठमाडौं, असोज ३ । भाटभटेनी सुपरमार्केटका कर्मचारीहरु कसैले पनि रोजगार नगुमाउने भएका छन् ।

जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र  लुटपाटबाट सबैभन्दा बढि प्रभावित भाटभटेनीले कर्मचारीहरुलाई जागिरबाट ननिकाल्ने र भदौको तलब सहित दशैको बोनस पनि दिने भएका छन् ।

१० हजार कर्मचारी रहेका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले भनेका छन् - "काम गर्न नपाए पनि उहाँहरुको तलब दिन्छु, भदौको तलब मात्र होइन दशैं भत्ता पनि पठाउँछु ।"

भाटभटेनीका कुल २८ वटा स्टोर मध्ये १२ वटा शाखामा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update