Kath Khabar
शेरबहादुर देउवाको टाउकोमा १२ टाँका, अवस्था सामान्य हुँदै

                      काठमाडौं, असोज ३ ।  जेनजी आन्दोलनको क्रममा आफ्नै निवासमा आक्रमणमा परेर घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको टाउकोमा १२ टाँका लगाइएको छ ।

टाउकोमा गम्भीर चोट लागेका देउवालाई चिकित्सकहरूले १२ वटा टाँका लगाएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।  

विश्वकर्माका अनुसार देउवाको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको र त्यहाँ १२ वटा टाँका लगाइएको छ, चोट निको हुँदै गएको अवस्था छ । उनका अनुसार देउवा सामान्य बोलचाल गर्न र हिड्न सक्छन् । अहिले देउवा र आरजु देउवा सामान्य अवस्थामा रहेका छन् ।

आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि गत भदाै २४ गते जेनजी आन्दोलनको क्रममा हातपात भएको थियो ।   

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update