Kath Khabar
मुग्लिन–नारायणगढ सडकखण्ड दुवैतर्फ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

                     भरतपुर, असोज ४ । मुग्लिन-नारायणघाट सडक खण्डको मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि झरेको ठूलो पहिरोले सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।

पहिरो झर्ने क्रम अझैपनि जारी छ । पहिरो पन्छाउनको लागि हाल २ वटा लोडर परिचालनको लागि तयारी अवस्थामा राखिएको छ भने एउटा एक्साभेटर पनि साइटतर्फ जाँदै गरेको सडक डिभिजन भरतपुरले जनाएको छ । सूरक्षालाई मध्यनजर गरि पहिरो झर्न रोकिएपछि छिटोभन्दा छिटो सवारी आवागमन सूचारू गरिने कार्यालयले जनाएको छ ।

काठमाडौं र पोखराबाट चितवनतर्फ जाने सवारी साधन रोकिँदा तुइनखोलाभन्दा केही वरदेखि मुग्लिन बजारसम्मै सवारी साधनको जाम भएको छ । आज यात्रा गर्ने यात्रुहरुलाई वैकल्पिक सडक हुँदै यात्रा गर्न कार्यालयलअनुरोध गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update