Kath Khabar
पहिरो पन्छाउन नसकिएका कारण मुग्लिन–नारायणगढ सडकखण्ड रातभर नखुल्ने

                     भरतपुर, असोज ४ । मुग्लिन–नारायणगढ सडकखण्डमा साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएकोले आज पनि रातभर नखुल्ने भएको छ ।

रातको समयमा माथिबाट झरेको ढुंगा र पहिरो नदेखिने साथै सुरक्षाको दृष्टिकोणले पनि पहिरो हटाउन सम्भव नभएकोले भोली बिहान ४ बजेदेखि नै पहिरो पन्छाउने कार्यलाई निरन्तरता दिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यसले यात्रुहरूमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै सडकमा रोकिएका सवारीसाधनहरू लेन अनुशासनमा राख्न र यात्रुहरू सावधानीपुर्वक सुरक्षित स्थानतिर गइदिन समेत कार्यालयले अनुरोध गरेको छ ।

शुक्रबार साँझ करिब ६:३० बजे देखि  नै मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्द भएको हो । मुग्लिन तर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भईरहेकाे हुँदा ४ वटा लोडर र १ वटा एक्साभेटर भएपनि सुरक्षाको दृष्टिकोणले निर्वाध रूपमा पहिरो हटाउनकाे लागि दिनभरि नै समस्या भईरहेकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा सडकमा धेरै सवारी र मानिसहरू अलपत्र परेका छन् ।

 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update