Kath Khabar
तुइन खोलामा बिहानैदेखि पहिरो पन्छाउने कार्य सुरु, हजारौ यात्रु अलपत्र

                    भरतपुर, असोज ५  । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै निरन्तर गएको पहिरोका कारण उक्त सडक शुक्रबार साँझदेखि अवरूद्ध छ ।

ढुंगा झर्ने क्रम अझसम्म पनि रोकीएको छैन । आज बिहानैदेखि मुग्लिन साईडतर्फ र नारायणगढ तर्फबाट मेशिन परिचालन गरि पहिरो पन्छाउने कार्य सुरू भैसकेको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन संचालनमा ल्याउन कटिबद्ध रहेको कार्यालयले जनाएको छ ।

सडक संचालनमा नआउन्जेलसम्मको लागि धैर्य गरेर बसिदिन यात्रुहरुलाइ कार्यालयले आग्रह गरेको छ । ३६ घन्टादेखि सडक अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update