नारायणगढ-मुग्लिन सडक : तुइन पुलनजिकै झरेको पहिरो हटाउने काम लगभग अन्तिम चरणमा
भरतपुर, असोज ५ । तुइन पुलनजिकै झरेको पहिरो हटाउने काम लगभग अन्तिम चरणमा पुगेको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।
नारायणगढ मुग्लिन–सडक अन्तर्गत तुइन पुलनजिकै निरन्तर झरेको पहिरोले गर्दा ३६ घन्टादेखि नारायणगढ मुग्लिन–सडक अवरूद्ध छ ।
आवागमन छिटोभन्दा छिटो संचालनमा ल्याउनको लागि पहिरो पन्छाउने कार्य निरन्तर रूपमा चलिरहेको छ । दुवैतर्फबाट मेशिनहरू निरन्तर काम गरिरहेको हालको अवस्थामा अब करिब ४० मिटर एकतर्फी सफा गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । पहिरोका कारण वारपार नदेखिएको स्थान अहिले पन्छाउदै जाँदा वारपार देख्न सकिने भएको छ ।
माथिबाट थप पहिरो नझरे सडक अब चाडै संचालनमा आउने कार्यालयले बताइएकाे छ ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय