नारायणगढ–मुग्लिन सडकखण्डमा अन्ततः एकतर्फी सञ्चालनमा
काठमाडौं, असोज ५ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला खसेको पहिरो हटाइसकेकाले सवारी आवागमन एकतर्फी सुचारू भएको छ ।
पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको र यात्रुहरूलाइ संयमित भई लेन अनुशासनमा रहि सवारीसाधन चलाउन डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । शुक्रबार राति ६ः३० बजेदेखि अवरूद्ध भएको सडक अन्ततः ४५ घन्टापछि खुलेकाे हाे ।
निरन्तर ढुंगा झरिरहेका कारण पहिरो पन्छाउन नसकिएपछि हजारौ यात्रु बाटोमा अलपत्र परेका थिए । सडक डिभिजन कार्यालयले ४ वटा लोडर र १ वटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको हाे ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय