Kath Khabar
मनसुनी वायुको प्रभाव केही कमजोर, यि स्थानमा मध्यम वर्षाको सम्भावना

                    काठमाडौं, असोज ६ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानिय वायुको आँशिक प्रभाव रहेको छ। मबारका लागि विदेशी मुद्राको विनिमय दर

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने छ। । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update