मुग्लिन-नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द हुने
भरतपुर, असोज ६ । मुग्लिन-नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द हुने भएको छ ।
मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो ४५ घन्टापछि आइतबार हटाएर हाल एकतर्फी सडक सञ्चालन संचालनमा रहेको छ ।
पहिरो पुर्ण रूपमा हटाई उक्त सडक दुईतर्फि संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकि पहिरो हटाउने कार्य सुचारू गरिने सडक डिभिजन भरतपुरले जनाएको छ।
उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन कार्यालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ १२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय