Kath Khabar
स्थानीय वायूको आंशिक प्रभाव, यि दुई प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

                        काठमाडौं, असोज ७  । हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायूको आँशिक प्रभाव रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।


 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update