Kath Khabar
करिब २ सय ३६ किलोग्राम गाँजा सहित मिनिट्रक चालक पक्राउ

                    बारा, असोज ७  । जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update