-1758677358.jpg)
भरतपुर, असोज ८ । मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै हिजो साँझ ४ः५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द भएको छ ।
पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक सडकको प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
वैकल्पिक मार्गको रुपमा महोत्तरी जिल्लाको बर्दिवास, मकवानपुर जिल्लाको हेटौंडा, रुपन्देही जिल्लाको बुटवल, नवलपरासी वर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङ्ग जिल्लाको नौविसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग लिनु हुन अनुरोध छ ।
यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्नुहुन एवं सडकमार्गमा रहेका यात्रुहरुलाई कुनै समस्या परेमा सडक सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका सुरक्षाकर्मीहरुसँग सूचना एवं सहयोग लिन समेत कार्यालयले आग्रह गरेको छ ।
साथै यस सम्बन्धमा आवश्यक सूचना तथा जानकारीको लागि यि नम्बरहरुमा सम्पर्क गर्न सक्ने कार्यालयले जनाएको छ:
1. जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी एवं प्र.ना.उ. श्री रविन्द्र खनाल : माे.९८५५०१३९९९
2. जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी श्री मदन लामा थिङ : माे. ९८५५०९२२००
3. सडक डिभिजन भरतपुरका सुचना अधिकारी
4. ई. श्री कृष्णप्रसाद आचार्य माे. ९८५५०९२२१८