रिभल्वर सहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं, असोज १० । गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्ती बस्ने काभ्रे बनेपा घर भएका २१ वर्षीय बिजय तामाङलाई रिभल्वर १ थान र बिनेट १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्वर फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय