Kath Khabar
देशभर स्थानीय वायूको प्रभाव, यि स्थानमा भारी वर्षाको सम्भावना

                           काठमाडौं, असोज १३ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ। अहिले कोशी, बागमती, सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राती गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।


 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update