Kath Khabar
आज यि स्थानमा छ भारी वर्षाको सम्भावना, अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

                  काठमाडौं, असोज १७।  हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ।

आजदेखि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असोज १७ देखि २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहट आसपासका नदीहरुमा आकस्मिक बहावको सम्भावना देखाएको छ । भारी वर्षाको कारण बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह नजिक पुग्ने सम्भावना रहेको साथै आकस्मिक बाढी–पहिरोको जोखिम उच्च रहेको महाशाखाले बताएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू-भागहरु र मधेश प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राती देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश,बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

 


 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update