
काठमाडौं, असोज १८ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाश्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। भारतको बिहार, पूर्वी उत्तर प्रदेश हुँदै नेपालमा बादलको बाहिरी घेरा लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म पुगेको छ । ती प्रद]शका अधिकांश स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । तर यो बादलको भित्रि घेरा नेपालको दक्षिणी भागमा पुगेको छ । भित्रि घेराले भारी वर्षा गराउँछ ।
हाल काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गएरातिदेखि नै पानी पर्न थालेको छ । विशेष गरी बागमती प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेध गर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशा तर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकोले सतर्कता अपनाऊनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।