Kath Khabar

                       रसुवा, असोज १८ । भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएका छन् ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो ।

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् । उनीहरूसँगै घुम्न आएका अर्का रोज कर्माचार्य जानकारी गराएपछि अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ । उक्त स्थानमा सवारी मार्ग नरहेकाले खोजी कार्यमा ढिला हुन गएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update