काठमाडौं, असोज २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्दै जेन–जी अलायन्स’ का युवाहरु अख्तियारको कार्यालय पुगेका छन् । जेन–जीको एक समूह ‘जेनजी अलाइन्स’ले आज अख्तियारको कार्यालयमा पुगेर राईसहित सबै आयुक्तहरूले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसदीय सुनुवाइ बिना’ नियुक्त गरेको भन्दै उनीहरू अन्य सबै आयुक्तहरूको राजीनामा माग्दै अन्य संवैधानिक निकायहरूमा पनि गएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राईसहितका आयुक्तहरूले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नेमा शंका रहेको भन्दै जेनजीहरूले निष्पक्ष मान्छे ल्याउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुख राईको नाम मुछिएको छ ।