Kath Khabar
मेयर बालेन र सुदन गुरुङविरुद्ध राजद्रोह मुद्दामा अर्काे जाहेरी

                              काठमाडौं, असोज २२ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेनजी अभियन्ता सुदन गुरुङविरुद्ध राजद्रोह मुद्दामा जाहेरी परेको छ ।

युवराज पौडेल ‘सफल’ ले मेयर शाह र हामी नेपालका संस्थापक गुरुङविरुद्ध राजद्रोह मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् । जाहेरीमा ‘मुलुकी अपराध संहिता, २०७४ अनुसार ‘राजद्रोह सम्बन्धी कसुर’ दफा ५०(१) सम्बन्धी कसुरमा अनुसन्धानको माग गरिएको छ । 

यसअघि हिजाे मंगलबार मात्रै मेयर बालेन र सुदनविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले परिसर पुगेर जाहेरी दिएको थियो । दुवै जाहेरी अहिलेसम्म दर्ता भएका छैनन् ।

 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update