विपिन जोशीको भिडियो आज बेलुकी सार्वजनिक हुदै, जीवित रहेको दृढ विश्वास

काठमाडौं, असोज २२ । हमासको अपहरणमा परी गाजापट्टीमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको भिडिओ फुटेज सार्वजनिक गर्ने तयारी भएको छ ।
बन्धक परिवार फोरम (होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरम) ले बुधबार एक विज्ञप्ति जारी गर्दै आज बेलुकी उक्त फुटेज सार्वजनिक हुने जानकारी दिएको हो ।
इजरायली अनलाइन मिडिया ‘टाइम्स अफ इजरायल’ लगायतका विभिन्न माध्यमले आज नै विपिनको स्थिर तस्बिर सार्वजनिक गरेका छन् । उक्त तस्बिर विपिनको अपहरणपछिका केही हप्तामा खिचिएको करिब ३० सेकेन्डको भिडिओबाट लिइएको बताइएको छ । यही फुटेज आज इजरायली समय अनुसार बेलुका ७:५५ बजे (नेपाली समय अनुसार बेलुका करिब १०:४० बजे) सार्वजनिक गरिने बताइएको छ । (स्रोत : टेकपाना)
प्रकाशित मिति: बुधबार, असोज २२, २०८२ १९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय