यि प्रदेशको पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, असोज २४ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय