Kath Khabar
यस वर्षको मनसुन बाहिरियो, देशभर छैन कुनै मौसम प्रणालीको प्रभाव

                 काठमाडौं, असोज २५ । हिजो मिति २०८२ असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको छ र हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update