भरूवा बन्दुक सहित चार जना पक्राउ

काठमाडौं, असोज ३० । शंखरापुर नगरपालिका-१ बोजिनीबाट भरूवा बन्दुक १ थान सहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय रबिन लामा, २२ वर्षीय सुमन तामाङ, २४ वर्षीय सोनाम लामा र २४ वर्षीय संजय लामा रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय