Kath Khabar
अवैध लागूऔषध सहित तीन जना पक्राउ

                      काठमाडौं, असोज ३१ । सुनसरी, धरान उपमहानगरपालिका-३ बाबाधाम मार्ग बस्ने २२ वर्षीय नाम्जा शेर्पालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

बारा, प्रसौनी गाउँपालिका-३ नौतनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १९ ग्राम ७ सय ८० मिलिग्राम सहित पर्सा पटेर्वा सुगौली गाउँपालिका-३ सानो देउती बस्ने ४२ वर्षीय रामाशंकर दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनकुटा, धनकुटा नगरपालिका-७ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय निर्मल पौडेललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले बसपार्कबाट जिरोप्वाईन्टतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०५८ प ४३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update