Kath Khabar
भर्जिन गोल्डद्वारा सुनको सिक्का बिजेताको घोषणा

काठमाडौं, साउन २७ । नेपालको उत्कृष्ट व्हिस्की, भर्जिन गोल्डद्वारा भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ । ५ अगष्ट २०२१ मा गरिएको लक्की ड्रमा स्याङ्गजा खाजा घर, बसपार्कले १ तोला सुनको सिक्का जित्नुभएको कम्पनीले जानकारी गराएको छ ।

यो योजना अन्तर्गतको प्रथम विजेता २८अप्रिल, २०२१मा फेसबुक लाइभ मार्फत् गरिएको थियो । हरेक भर्जिन गोल्डकोे खरीदमाप्राप्त कुपन भरेर यो सहभागी हुन सकिन्छ । यो योजना नेपाल अधिराज्यभरी लागू गरिएको छ ।

हरेक महिना यो योजनाका विजेताहरुको नाम कम्पनीको आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आइरहेको छ । स्याङ्गजा खाजाघर, बसपार्कलाई भर्जिन गोल्ड योजना अन्तर्गत १ तोला सुनको सिक्का जित्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिएको छ ।  
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update