Kath Khabar
विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै

                         काठमाडौं, कात्तिक २ ।  इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि नेपाल ल्याइँदैछ ।

उनको शव फ्लाई दुबईको विमानमार्फत् भोलि (सोमबार) काठमाडौं ल्याउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएकाे छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।

अध्ययनका लागि इजरायल गएका विपिन जोशीलाइ हमासले अक्टोबर ७, २०२३ मा किबुट्ज क्षेत्रबाट बन्धक बनाएको थियो । २ वर्षसम्म उनको अवस्था अज्ञात थियाे । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update