Kath Khabar
अवैध लागूऔषध सहित दुई जना पक्राउ

                     ललितपुर, कात्तिक २ । ललितपुर महानगरपालिका-२० नटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, बुप्रेनोर्फिन १२ एम्पुल र प्रोमेथाजाइन १२ एम्पुल सहित सोही ठाउँ बस्ने ४४ वर्षीय सुवास शाक्यलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ५८ ग्राम सहित सोही नगरपालिका-९ दिपज्योती मंगलटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका ४८ वर्षीय मान बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update