Kath Khabar
डा. निकोलस भुसाल गोरखाबाट पक्राउ

                           काठमाडौं, कात्तिक १८ । डा. निकोलस भुसाल पक्राउ परेका छन् ।  हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट उनलाई मंगलबार पक्राउ गरिएकाे हाे । उनलाई काठमाडौं ल्याउने तयारी गरिएको बताइएको छ ।

कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल सोही दिनबाट सम्पर्कविहीन भएका थिए ।  बालुवाटारमा ड्रोन खसाल्नेदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौंको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै उनले सामाजिक सञजालमा पोस्ट गरेका थिए । अराजक अभिव्यक्ति दिएकाे आरोपमा भुसाललाई प्रहरीले खाेजीरहेकाे थियाे । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update